Monday 17th November 2025

बैंकको ऋण तिर्न नसक्दा वडाध्यक्षले गरे आत्महत्या


तितोपाटी-भारतको बहराइचस्थित एक होटलको कोठामा मृत भेटिएका बाँकेको कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंक ऋणको तनावले आत्महत्या गरेको खुलेको छ।

ऋण तिर्न नसक्दा बैंकबाट बारम्बार फोन आएपछि तनाव झेल्न नसकेर आत्महत्या गरेको खड्काले आत्महत्याअघि लेखेको नोटमा उल्लेख छ। कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले होटलको कोठामा छोडेको ‘सुसाइड नोट’ मा आफूले सिद्धार्थ बैंकबाट २१ लाख रुपैयाँ ऋण लिएको र बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरिरहँदा पनि आफूले तिर्न नसकेपछि आत्महत्याको बाटो रोजेको उल्लेख गरेको जानकारी दिए।
नोटमा खड्काले बैंकको ऋण तिर्न आफन्तबाटसमेत कुनै सहयोग नपाएको उल्लेख गरेका छन्। ६८ वर्षीय खड्का बहराइचस्थित शंकर होटलमा पुस २९ गते मृत भेटिएका थिए। नोटमा उनले होटल मालिकलाई कुनै दुःख नदिनसमेत भनेका छन्। खड्का सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ। उनको शुक्रबार बिहान दाहसंस्कार गरिएको छ।


सम्बन्धित शीर्षकहरु

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

प्रतिकृयाहरू
...