Tuesday 13th October 2026

मिटरब्याजको तनावले लियो अबोध बालक र आमाको ज्यान


तितोपाटी-ऋणले अत्तालिएपछि काठमाडौं थानकोटका विनय लामिछानेको चारजनाको परिवार बिहीबार साँझ त्रिशूली नदीमा हेलिएको छ। सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती दुई छोरासहित धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए। नदीमा हाम फालेका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीय जमुना रेग्मी लामिछानेको मृत्यु भएको छ। दुई वर्ष र ६ महिनाका दुई छोरा बेपत्ता छन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटस्थित विनयको घरबाट प्रहरीले ‘सुसाड नोट’ फेला पारेको छ। ऋणका कारण परिवारसहित आत्महत्या गर्ने निर्णय गरेको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ। मिटरब्याजमा लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि दुई छोरासहित पति–पत्नी त्रिशूलीमा हेलिएको प्रहरीको भनाइ छ।नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...