Thursday 15th January 2026

मिटरब्याजको तनावले लियो अबोध बालक र आमाको ज्यान


तितोपाटी-ऋणले अत्तालिएपछि काठमाडौं थानकोटका विनय लामिछानेको चारजनाको परिवार बिहीबार साँझ त्रिशूली नदीमा हेलिएको छ। सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती दुई छोरासहित धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए। नदीमा हाम फालेका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीय जमुना रेग्मी लामिछानेको मृत्यु भएको छ। दुई वर्ष र ६ महिनाका दुई छोरा बेपत्ता छन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटस्थित विनयको घरबाट प्रहरीले ‘सुसाड नोट’ फेला पारेको छ। ऋणका कारण परिवारसहित आत्महत्या गर्ने निर्णय गरेको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ। मिटरब्याजमा लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि दुई छोरासहित पति–पत्नी त्रिशूलीमा हेलिएको प्रहरीको भनाइ छ।नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...