Wednesday 14th October 2026

७० लाखले ११ महिनामा गरे हवाई यात्रा


तितोपाटी-सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्मको ११ महिनामा झन्डै ७० लाख यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्।

देशको एकमात्रै सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१९ को ११ महिनामा आन्तरिक र अन्तर्राष्ट्रिय गरी कुल ६६ लाख ८९ हजार २ सय २८ जनाले हवाई यात्रा गरेका छन्।

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय हवाई यात्रुमा भने कही कम आएको छ। मलेसियाको श्रम रोजगारीमा देखिएको समस्या र जेट एयरवेजको उडान बन्दका कारण अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा कमी आएको हो। तर, सम्रगमा भने सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा २ लाखभन्दा बढी हवाई यात्रु बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री बताउँछन्।

सन् २०१९ को ११ महिनामा कुल ३७ लाख ७६ हजार ७ सय १२ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। तर, सन् २०१८ मा कुल ४३ लाख ४३ हजार १ सय ६७ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए। सन् २०१९ को डिसेम्बरमा ३ लाख ५० हजारले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेपनि सन् २०१८ को तुलनामा २०१९ मा सवा २ लाखले कम हुने विमानस्थल कार्यालयको भनाइ छ। यसैगरी आन्तरिक हवाई यात्रु भने सन् २०१८ को तुलनामा झन्डै ४ लाखले बढ्ने अनुमान विमानस्थल कार्यालयको छ।

सन् २०१९ को ११ महिनामा २९ लाख २१ हजार ५ सय १६ जना यात्रुले आन्तरिक हवाई यात्रा गरिसकेका छन्। यो संख्या सन् २०१८ को १२ महिनाको भन्दा पनि बढी हो। सन् २०१९ मा ३२ लाखभन्दा बढी आन्तरिक हवाई यात्रु हुने अनुमान विमानस्थल कार्यालयको छ। सन् २०१९ को कुल हवाई यात्रुको संख्यामा अहिले संकलनको काम भइरहेको विमानस्थल कार्यालयको भनाइ छ। सन् २०१८ मा कुल २८ लाख ४७ हजार ७ सय ५२ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए।- नेपाललाईभ बाट


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...