Thursday 27th August 2026

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भारत शीर्षस्थानमा उक्लियो


तितोपाटी – १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भारतले नेपाललाई अकंतालिकामा पछाडी पारेको छ। तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण जितेको छ भने नेपालले २९ वटा मात्र स्वर्ण जितेको छ। पहिलो र दोश्रो दिन नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो।

तेश्रो दिनको खेल सकिदाँ भारतले ३२ स्वर्ण २३ राजत र १३ कास्य सहित ६८ पदक सहित अंकतालिकाको शीर्ष स्थान हासिल गरेको छ।

भारतलाई पछ्याउँदै गरेको नेपालले २९ स्वर्ण जितेको छ। नेपालको १५ रजत र २५ कास्य सहित ६९ पदक छ।

तेश्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कास्य सहित ४५ पदक हात पारेको छ। श्रीलंकाले ८ स्वर्ण २३ रजत र ३८ कास्य सहित ६९ पदक हात पारेको छ। बंगलादेशले ४ स्वर्ण ७ रजत र २६ कास्य जितेको छ। उसको पदक संख्या ३७ छ।

माल्दिभ्सले १ स्वर्ण र २ कास्य जितेको छ भने भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन। भुटानले ४ कास्य पदक हात पारेको छ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...