Friday 25th September 2026

रूसले पानीमा तैरिन सक्ने परमाणु उर्जा केन्द्र निर्माण गर्यो


तितोपाटी – रूसले पानीमा तैरिन सक्ने परमाणु उर्जा केन्द्रको निर्माण गरेको छ । पानीमा तैरन सक्ने उक्त परमाणु ऊर्जा केन्द्रलाई रूसले यतिखेर समुद्रमा उतारेको छ । यो ऊर्जा केन्द्र आर्कटिक बन्दरगाहको मुरमास्कबाट सुदूरपूर्वमा रहेको चुकोटकासम्म पुग्नसक्छ । यो पूरा यात्रा ५ हजार किलोमिटर लामो छ । आकाडेमिक लोमेनोसेफ नामक यो उर्जा केन्द्र सहजै तैरन सक्छ । यसले दूरदराजको क्षेत्रमा बिजुली आपूर्तिलाई बढावा दिनेछ ।

केन्द्रको मुख्य उद्देश्य चुकोटको चाउन बिलिबिन खनन कम्प्लेक्समा विद्युत उपलब्ध गराउनु रहेको बताइएको छ । ग्रिनपिस संगठनका अनुसार प्रतिकूल मौसम रहेको अवस्थामा यो परियोजना अधिक जोखिमपूर्ण देखिएको छ ।

केही आलोचक संगठनहरुले रूस र सोभियत संघको पछिल्लो परमाणु कार्यक्रमअनुसार अकाडेमिक लोमेनोसेफ मिसनमाथि चिन्ता जाहेर गरेका छन् । आलोचकहरुले यस मिसनबाट आर्कटिक समुद्रमा प्रदूषणको खतरा रहेको दाबी गरेका छन् ।

यो ऊर्जा केन्द्रमा अधिक रेडियोएक्टिभ इन्धन रहेको छ । अकाडेमिक लोमेनोसेफको एक लक्ष्य रूसको आर्कटिक क्षेत्रमा समुद्री तेल भन्डारसम्म विद्युत पुर्याउनु समेत हो ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा आयोजित भव्य राजकीय भोजमा स्वागत गरेका छन्। दुवै नेताले अमेरिका–चीन…

प्रतिकृयाहरू
...