Thursday 16th May 2024

नेपाल द्वारा मलेसिया ७ विकेटले पराजित


तितोपाटी- कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियामाथि सानदार जित हात पारेको छ । बुधबार मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको हो ।

८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा कार्यवाहक कप्तान ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले । मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् । यसअघि गत साता विनोद भण्डारीले मलेसियासँगको दोस्रो खेलमा २५ बलमा बनाएको अर्ध शतकको रेकर्ड तोडेका हुन् ।

छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पुरा गरेका मल्ल अर्को बलमा क्याच आउट हुन पुगे । मल्लले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको महत्वपूर्ण इनिङ खेले । मल्लको टी ट्वान्टी आईमा यो पहिलो अर्ध शतक हो । नेपालबाट टी ट्वान्टी आईम अर्ध शतक पुरा गर्ने मल्ल पाँचौ ब्याट्सम्यायन हुन् ।

त्यस्तै प्रदीप ऐरी १२ रनमा आउट भए । विनोद भण्डारी अविजित १३ र दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । मलेसियाका लागि मुहम्मद सहदायतले ३ विकेट लिए ।त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । मलेसयाका लागि सैयज अजीजले सर्वाधिक ३० रन बनाए । चौथो ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउनु अघि अजिजले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै विरनदीपसिंहले २१ रन जोडे । सिंहलाई वसन्त रेग्मीले आठौं ओभरको पाँचौ बलमा सन्दीपबाट क्याच गराउनु अघि १७ बलमा समान १ चौका र छक्का प्रहार गरे । लगत्तै अर्को बलमा वसन्तले अहमद फैजलाई ९ रनमा क्याच आउट गराए ।नेपाललाई तीब्र गतिका बलर सोमपाल कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका थिए । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए । त्यस्तै ओभरको अन्तिम बलमा सफिक शरार्फलाई पनि शुन्यमा एलबी डब्लू आउट गरे । तेस्रो ओभरको सुरुवाती तीन बलमा लगातार चौका खर्चिएका सोमपालले अन्तिम बलमा अमीनीद्दीन रमलीलाई ५ रनमा बोल्ड आउट गरे । पाँचौ ओभरको पाँचौ बलमा करण केसीले कप्तान ज्ञानेन्द्र मल्लबाट मोहम्मद शहदातलाई १ रनमा क्याच आउट गराए ।

नेपालका लागि सोमपाल कामीले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले १ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीको नाममा समान १ विकेट रह्यो ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...