Tuesday 7th October 2025

अायोजक रसियाले साउदी पछि इजिफ्टलार्इ पनि हरायो


तितोपाटी – आयोजक रसिया विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । बुधबार बिहान सम्पन्न समूह ए को आफ्नो दोस्रो खेलमा रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको हो ।

रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएर मैदान बाहिर रहेका प्रमुख स्ट्राइकर मोहम्मद सलाले पुनरागमन गरेको खेलमा रसिया नै हाबी भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी रहेको अवस्थामा रसियाका लागि दोस्रो हाफको सुरुमै इजिप्टका अहमेद फाथीले आत्मघाती गोल उपहार दिए ।

अग्रता बनाएपछि रसियाले खेलमा दबाब बढायो । उसका लागि खेलको ५९ औँ मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै अग्रता २–० मा पुर्याउन सफल भए । इजिप्टविरुद्ध रसियाले ४८ वर्षपछि यो जित दर्ता गराएको हो ।

दोस्रो गोल गरेको ३ मिनेट भित्रै रसियाका लागि एर्टेम ज्युबाले गोल गरेपछि रसिया ३–० ले अघि बढ्यो । ३ गोलको अग्रतासँगै रसियाले खेलमा पकड बनाएका बेला ७३ औँ मिनेटमा इजिप्टले पेनाल्टी पायो ।

पेनाल्टीलाई प्रहार गर्दै सलाहले इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे । तर रसियाले २ गोलको अग्रता बनाइसकेकाले इजिप्ट खेलमा फर्किनै सकेन । विश्व कपमा रुसको टिमले सन् १९७० मा (तत्कालीन सोभियत संघ) लाई हराएयता दोस्रो पटक इजिप्टलाई हराएको हो ।

अर्कातिर इजिप्टका मोहम्मद सालाहले पनि ७३ औँ मिनेटमा गरेको पेनल्टी गोल २८ वर्षपछि इजिप्टले विश्वकपमा गरेको पहिलो गोल थियो । यसभन्दा अघि सन् १९९० मा नेदरल्यान्डविरुद्ध एक गोल गरेको थियो ।

अर्कातिर रुसले विश्व कपको सुरुवाती दुई खेलमा ८ गोल गरेर नयाँ रेकर्ड बनाएको छ। सन् १९३४ मा इाटलीले पनि दुवै खेलमा ८ गोल गरेको थियो ।

यो जितपछि रसिया समूह ए मा ६ अंकसहित शीर्ष स्थानमा छ । एक खेलेको उरुग्वे ३ अंकसहित दोस्रो स्थानमा छ । रसियासँग हारेपछि इजिप्टको भने दोस्रो चरणको सम्भावना करिब सकिएको छ । रूस र इजिप्ट विश्व कपमा पहिलो पटक आमने-सामने भएका हुन् । रूसले सन् १९७० पछि कहिले पनि विश्वकपमा लगातार दुई खेल जित्न सकेको थिएन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...