Wednesday 23rd July 2025

भारत प्रशासित कश्मीरमा मिनिबस दुर्घटना हुँदा ३५ जनाको मृत्यु, १७ जना घाइते


तितोपाटी – भारत प्रशासित कश्मीरमा एउटा मिनिबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् । जम्मूका आइजीपी एमके सिन्हाका अनुसार बसमा करीब ५५ यात्रु सवार थिए । यो घटना स्थानीय समयअनुसार बिहान ७ः३० बजे सिर्गवाडी क्षेत्रमा भएको थियो । बस सडकबाट करीब १५० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनापछि उद्दार टोलीले घाइते यात्रुहरुलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तै, १० जनालाई थप उपचारका लागि जम्मु पुर्याइएको छ ।

२७ जना यात्रु बोक्ने क्षमता रहेको बसमा अध्याधिक यात्रु भएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । अधिकारीहरुले यो दुर्घटना प्राविधिक कारणले भएको हो या ड्राइभरको कमजोरीले भएको भन्ने अनुसन्धान गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा नवविवाहित जोडीको त्रासदीपूर्ण हत्या गर्ने ११ जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ क्यूएट्टा, पाकिस्तान, जुलाई २१, (एपी): दक्षिणपश्चिम पाकिस्तानको…

"यदि तपाईं शान्ति चाहनुहुन्छ भने, तपाईं युद्धको लागि तयार हुनुपर्छ।" यो भनाइ सत्य हो, कम्तिमा युरोपेली देश स्विट्जरल्याण्डको सन्दर्भमा। स्विस…

केही झिल्का कविताहरू १. लेखौँ झिल्का कविता भावलहर बगेर जावस् बनोस् दिव्य सरिता । २. भावगङ्गामा नुहाउन जाऊँ मनका फोहर…

प्रतिकृयाहरू
...