Thursday 15th October 2026

कर्णाली नदीमा वेपत्ता जीप र यात्रुको खोजी कार्यको लागि गोताखोर परिचालन


तितोपाटी – कर्णाली नदीमा बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजी गर्न लक्ष्मण बस्नेतकाे नेतृत्वमा १० जना गाेताखाेरकाे टाेली घटनास्थलमा पुगेर खोजी कार्यमा लागेका छन् । हिँजो मंगलबार मध्यन्न साढे १२ बजे भएको दुर्घटनाको जानकारी पाए लगत्तै अपरान्ह १ बजेदेखि खोजिकार्य जारी राखे पनि जीप र सवार यात्रुको कुनै अत्तोपत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर टोली झिकाइएको थियो ।

अहिलेसम्म घटनास्थलबाट क्रममा दुई वटा झोला फेला परेकाे छ। मंगलबार कर्णालीमा खसेको जीपमा सवार यात्रु खोज्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको झोला फेला परेको प्रहरीले जनाएको छ। शाहीको झोलासँगै अर्को एउटा झोला पनि भेटिएको उद्दारमा सहभागी प्रहरीको भनाई छ। गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका करिब एक दर्जन व्यक्ति बेपत्ता भएका छन्। जिप खसेको स्थान कर्णाली भन्दा २५ देखि ३० मिटर माथि रहेको छ।

जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय वासिन्दाको पहलमा वेपत्ता जीप र सवारहरुको पत्तो लाग्न नसकेपछि गोताखोर बोलाइएको थियो । गोताखोर टोलीले चार पटक नदीमा पसेर खोजी गर्दासमेत केही पत्तो लाग्न सकेको छैन। कर्णाली नदीको पानी चिसो र बहाब बढी भएका कारण नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौँबाट गोताखोरको टोली हुम्ला आएको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...