Saturday 10th October 2026

युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपु्ललाइ


तितोपाटी – युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ। शनिबार रातिको फाइन खेलतमा २-० गोल अन्तरले टोटनहृयामलाई हराउँदै लिभरपुल विजेता बनेको हो। यस सँगै लिभरपुल छैटौं पल्ट युरोपेली च्याम्पियन भएको छ । मोहम्मद सलाहले सुरुमा र डिभोक ओरिगीले अन्त्यतिर गरेको गोलको मदतले लिभरपुलले शनिबार राति टोटनहमलाई हराएर  विजय प्राप्त गरेको हो ।

लिभरपुलले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस प्रतिद्वन्द्वलाई २-० ले हराएको हो। यससँगै लिभरपुल व्यवस्थापक योर्गन क्लोपले युरोपेली फुटबलको सबैभन्दा ठूलो उपाधि जित्न सफल रह्यो। सलाहले दोस्रो मिनेटमै पेनाल्टीबाट गोल गरे। च्याम्पियन्स लिगमै सबैभन्दा चाँडै सम्भव दोसो गोलको अवसर टोटनहमले ४८ औं सेकेन्डमा बल आफ्नो पेनाल्टी एरियामा ह्यान्ड गरेपछि प्राप्त गरेको हो। ओरिगीले भने ८८ औं मिनेटमा गोल गर्दै लिभरपुलको जित निश्चित गरे। गत वर्षको फाइनलमा रियल म्याड्रिडसँग पराजित लिभरपुल यसपल्ट भने भाग्यमानी रह्यो।

 यस पटक लिभरपुलका डिभोक ओरिगी र मोहमद सलाहले एक एक गोल गर्दै उपाधी चुमाए। सलाहले दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गरेका थिए। उनको गोलले पहिलो हाफ सम्म १-० ले अग्रता लिएको लिपरपुलले मौसा सिसोकोले हृयान्ड गरेपछि पेनाल्टी पाएको थियो। लिभरपुलका लागि ८८ औं मिनेटमा ओरिगोले दस्रो गोल गरेका थिए।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...