Thursday 27th August 2026

प्रतिबन्धित नेटवर्किङ विजनेस संचालन गरेपछि नेपालमा १२ भारतीय पक्राउ


तितोपाटी – नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा हाइप्रोफाइका १२ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको दरबारमार्गनजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

उनले भने,‘ पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको छ।’ महानगरीय प्रहरी परिसर, महानगरिय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...