Tuesday 13th May 2025

विवेकशील नेपालीको कुवेत शाखा अाैपचारिक रूपमा गठन


तितोपाटी – विवेकशील नेपालीको कुवेत शाखा अाैपचारिक गठन भएको छ ।मध्यपूर्वी राष्ट्र कुवेतमा फणिन्द्र निरौलाको संयोजकत्वमा ७ सदस्यीय “विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत” औपचारिक रुपमा गठन भएको हो।  नव गठित समितिमा सिता रेग्मी उप-संयोजक तथा सदस्यहरुमा लक्ष्मण गजमेर,बलमान बूढा, इन्द्र पोखरेल, दिपक उप्रेती, प्रकाश थापा, ऋतम भट्टराई, विदुर पन्त रहेका छन् ।

समितिको औपचारिक गठनसँगै बसेको पहिलो वैठकले बि.सं २०७५ सालको नेपालको विविध घटनाक्रमहरुको समीक्षा गरेको छ। यसको साथै वारा पर्सामा भएको प्राकृतिक विपत्तिले पुर्याएको मानविय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै पार्टीले राहत वितरणमा पुर्याएको योगदानको उच्च प्रशंसा र आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण मनकारी नेपाली जनसमुदायलाई विशेष धन्यवाद व्यक्त गरेको छ।

समन्वय समितिको गठनसँगै कुवेतमा संगठन विस्तारले गति लिने अपेक्षा गरिएको अभियन्ता दिपक उप्रेतीले बताएका छन्।

अाप्रवासी कामदारको रूपमा कुवेतमा कार्यरत कोही पनि नेपाली “विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत” मा अावद्द हुन चाहेमा कुवेत संयोजक फणिन्द्र निराैला तथा मध्यपुर्व संयोजक दिपक उप्रेती सँग सिधै मोवाइलमा वा इमो, भाइवर, ह्वाट्स एप मा सम्पर्क गर्न सकिने पनि “विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत” ले जनाएको छ ।

सम्पर्कको लागिः

फणिन्द्र निराैला – 60641944 (कुवेत संयोजक)

दिपक उप्रेती – +977-9861334051 (मध्यपुर्व संयोजक)


सम्बन्धित शीर्षकहरु

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

प्रतिकृयाहरू
...