Wednesday 17th June 2026

विवेकशील नेपालीको कुवेत शाखा अाैपचारिक रूपमा गठन


तितोपाटी – विवेकशील नेपालीको कुवेत शाखा अाैपचारिक गठन भएको छ ।मध्यपूर्वी राष्ट्र कुवेतमा फणिन्द्र निरौलाको संयोजकत्वमा ७ सदस्यीय “विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत” औपचारिक रुपमा गठन भएको हो।  नव गठित समितिमा सिता रेग्मी उप-संयोजक तथा सदस्यहरुमा लक्ष्मण गजमेर,बलमान बूढा, इन्द्र पोखरेल, दिपक उप्रेती, प्रकाश थापा, ऋतम भट्टराई, विदुर पन्त रहेका छन् ।

समितिको औपचारिक गठनसँगै बसेको पहिलो वैठकले बि.सं २०७५ सालको नेपालको विविध घटनाक्रमहरुको समीक्षा गरेको छ। यसको साथै वारा पर्सामा भएको प्राकृतिक विपत्तिले पुर्याएको मानविय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै पार्टीले राहत वितरणमा पुर्याएको योगदानको उच्च प्रशंसा र आर्थिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण मनकारी नेपाली जनसमुदायलाई विशेष धन्यवाद व्यक्त गरेको छ।

समन्वय समितिको गठनसँगै कुवेतमा संगठन विस्तारले गति लिने अपेक्षा गरिएको अभियन्ता दिपक उप्रेतीले बताएका छन्।

अाप्रवासी कामदारको रूपमा कुवेतमा कार्यरत कोही पनि नेपाली “विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत” मा अावद्द हुन चाहेमा कुवेत संयोजक फणिन्द्र निराैला तथा मध्यपुर्व संयोजक दिपक उप्रेती सँग सिधै मोवाइलमा वा इमो, भाइवर, ह्वाट्स एप मा सम्पर्क गर्न सकिने पनि “विवेकशील साझा सद्भाव समूह समन्वय समिति कुवेत” ले जनाएको छ ।

सम्पर्कको लागिः

फणिन्द्र निराैला – 60641944 (कुवेत संयोजक)

दिपक उप्रेती – +977-9861334051 (मध्यपुर्व संयोजक)


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...