Friday 20th February 2026

नेपालले ओमानलाइ १५० रनको फराकिलो अन्तरले जित्यो


तितोपाटी – आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमानमाथि १५० रनकाे सहज जित निकालेको छ। यस अघि खेलेको ३ खेलमा नेपालले सिंगापुर र मलेसियालाइ हराएको थियो भने युएइसँग हारेको थियो ।

टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपालले ओमानलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। कमजोर सुरुवात गरेको नेपालले ओपनर रित गौतम र पवन सर्राफलाई क्रमश १० रन र ५ रन गुमाएको थियो। नेपाली टोलीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको महत्वपूर्ण योगदान दिए भने अन्तिम समयमा आक्रामक ब्याटिङ गरेका प्रतिस जिसीले २३ बलमा ४१ रनको योगदान दिए। त्यस्तै, भीम सार्कीको ३९ रन र अभिषेक बस्नेतको १५ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

यता, ओमानलाई सस्तैमा समेट्न पवन सर्राफले ३ विकेट, प्रतिस जिसी र सूर्य तामाङ्ले समान २/२ विकेट लिए। त्यस्तै, कुशल मल्ल, कमलसिंह ऐरी र भीम सार्कीले समान १/१ विकेट लिए।

 प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन्। नेपालले  अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ। यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...