Wednesday 17th June 2026

उपत्यकामा भूमिगत पानीकाे भण्डार रित्तिँदै , जुनसुकै वेला पनि भासिन सक्ने अनुमान


तिताेपाटी – काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ं उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।

बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ । आवास भवन, उद्योग, कलकारखाना, सडकलगायत भौतिक संरचना वातावरणमैत्री नहुँदा जमिनमुनि रिचार्ज हुन समस्या भइरहेको भूमिगत जलस्रोत विकास समितिको भनाइ छ ।

उपत्यकाबाहिर जमिनमुनिको पानीमा समस्या छैन

काठमाडौं उपत्यकामा जमिनमुनिको पानीको दोहन अत्यधिक भए पनि उपत्यकाबाहिर भने त्यस्तो समस्या देखिएको छैन । ‘हामीले उपत्यकाबाहिरका केही ठाउँमा डिप ट्युबवेल राखेर जमिनमुनि पानीको अध्ययन गरिरहेका छौँ,’ पोखरेलले भने, ‘तर, उपत्यकाबाहिरका कुनै पनि ठाउँमा जमिनमुनि पानीको सतह घटेको छैन ।’

उपत्यकाबाहिर जमिनमुनि पानी रिचार्ज हुँदा उल्टै भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रमा राहत पुग्ने गरेको पोखरेलको भनाइ छ । भूमिगत जलस्रोत विकास समितिले ०६६ पुस महिनादेखि उपत्यकाका विभिन्न २० क्षेत्रमा डिप ट्युबवेल राखेर अध्ययन सुरु गरेको थियो । आवश्यकता अनुसार डिप ट्युबवेल थप्दै गएपछि अहिले २९ क्षेत्रमा राखेर जमिनमुनि पानीको अध्ययन भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...