Sunday 28th June 2026

मलेसियामा नेपालीद्वारा नेपाली महिला बलत्कृत न्याय माग्दै दूतावास र प्रहरीमा उजुरी


तितोपाटी – रोजगारीको लागि मलेसिया पुगेकी धादिङकि एक महिलाले आफु नेपाली बाटै पटकपटक बलत्कृत भएको भन्दै न्याय पाउन दूतावास र प्रहरीमा उजुरी हालेकी छिन ।

मलेशिया स्थित एक प्रतिष्ठित कम्पनीमा बिगत लामो समय देखि काम गर्दै आएकि रिता थापा (नाम परिवर्तन) ले मलेशिया मै कार्यरत बुटवलका आशबहादुर बिकबाट आफू माथी चार महिना देखि जबर्जस्ति बलात्कार हुँदै आएको भन्दै गत ५ तारीख मंगलबार स्थानीय प्रहरी चौकी र दूतावासलाई न्यायको मागसहित उजुरी हालेको स्रोतले जानकारी दिएको छ।

उजुरीमा आशबहादुरले महिला बस्ने होस्टेलमै पुगेर जबर्जस्ती बलात्कार गर्न र कसैलाई जानकारी गराए मलेशियामै मारिदिने धम्की समेत दिने गरेको उल्लेख गरिएको छ ।

‘कमाउन मलेसिया आएको म नेपालीबाटै पटकपटक बलात्कृत हुनुपरेको छ । मेरो नाम र फोटो राखेर फेसबुक खोल्दै अनावश्यक अश्लिल फोटोहरु परिवार र श्रीमानलाई समेत पठाउँछ,’ उनले भनिन् ।

‘विभिन्न ब्यक्तिलाई अनावश्यक म्यासेज गरेर मेरो पूरै बदनाम गरेको छ । अहिले शारीरिक तथा मानसिक रूपमा मलाई पिडा भएको छ,’ उनले भनिन्, ‘मलाई न्याय चाहिएको छ । अब म डराएर बस्दिन ।’

स्थानीय मलेशियन नागरिकसँग विवाहा गरिसकेका आशबहादुरले आफुलार्इ गुन्डा लगाएर मारिदिने धम्की दिएकै कारण हालसम्म आफू सहन बाध्य भएको पीडितले दिएको उजुरीमा उल्लेख छ।

यता निवेदन हालेको ६ दिन बितिसक्दा समेत मलेशियास्थित नेपाली दूतावासले निवेदनमाथी कुनै चासो नदेखाएको पीडितको गुनासो छ ।

सुरक्षाको दृस्ठिकोणबाट अति संबेदनसिल र जोखिमपूर्ण रहेको मलेसियाको श्रम बजारमा यस्ता घटना धेरै घट्ने भएपनि अधिकांश पीडित डरधम्कीकै कारण घटनाबार सार्वजनिक गर्न पीडित बाध्य भएको अवस्था छ ।

तर राज्यको प्रतिनिधि दूतावास पनि विभिन्न बाहाना र कारणा देखाउँदै गम्भीर घटनाप्रति पनि उदासिन छ भन्ने कुरा एकसातासम्म पनि निवेदनमाथि कुनै कारबाही नहुनुले पुष्टी गर्छ ।

साभारएभरेष्ट दैनिक


सम्बन्धित शीर्षकहरु

तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन आगामी १० जुलाईमा कुवेतको मंगाफस्थित मेमोरिज हलमा हुने भएको छ। समाजका अध्यक्ष सोम खत्रीको…

भेनेजुएलामा दुई वटा शक्तिशाली भूकम्प आएपछि अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। दोस्रो भूकम्प…

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

प्रतिकृयाहरू
...