Wednesday 17th June 2026

महामहिम राजदूत दम्पतीलाई भब्य विदाई


तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो कुवेत स्थित साल्मियाको डाम्पा रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरि महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाललाई सम्मान सहित भब्य बिदाई गरेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतका अध्यक्ष अमर खडकाको सभापतित्व र महासचिव निरुमाया खडकाको संचानलमा कार्यक्रम सम्पन्न भएको थियो,  भने कार्यक्रममा सम्पुर्ण पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाल लाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेको थियो । त्यसैगरी सिर्जनशील युवा समाज कुवेतले पनि महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाल लाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै महामहिम राजदुत यज्ञ बहादुर हमालले कुवेतको नगरिमा रहेर पनि कार्यव्यस्तताको बाबजुद पनि हरेक नेपालीको सुख, दुखमा साथ र सहयोग गरिरहेको र सुदुरपश्चिमको कला र सस्कृतीलाई प्रवासमा समेत झल्काउदै आइरहेको र आउदा दिनहरुमा पनि यसरी नै अगाडि बढ्नको लागि पनि सफलताको कामना गर्नु भएको थियो ।

कुवेतको नगरिमा  चार वर्षको  कार्यकालमा  कुवेतमा भएका सम्पुर्ण संघ – सस्थाको साथ र सहयोग प्रती पनि धन्यवाद व्यक्त गर्नु भएको थियो । आउदा दिनहरुमा पनि यसरी नै सबै मिलेर नेपालीको कला सस्कृती जिवित राख्न पनि अनुरोध गर्नु भएको थियो । यति धेरै माया पाउँदा पाउदै पनि आफ्नो कार्यकाल समाप्त भएर बिदाइ भएर नेपाल जादा धेरै दुख लागेको पनि बताउनु भयो । आफुले पाएको माया, ममता र  सम्मान लाई नेपाल गएर पनि कहिले नभुल्ने बताउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति अमर खड्काले कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न उपस्थित सम्पुर्ण महानुभावलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...