Thursday 19th March 2026

एकैदिन १२ फिल्मले लिए निर्माण इजाजत


घरेलु फिल्मको इतिहासमा एकैदिनमा अहिलेसम्मकै धेरै फिल्म निर्माताले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सोमबार मात्रै १२ फिल्मले निर्माण इजाजत लिएको बोर्डले जनाएको छ ।निर्मात्री नीता ढुंगानाले आफ्नो ब्यानर निता फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा दुई फिल्मको लागि निर्माण इजाजत लिएकी छन् । उनले ‘एक दुई तीन’ र ‘सुख दुःख’ शीर्षकमा दुई फिल्मको निर्माण इजाजत लिएकी छन् । कलाकारमा उनको आफ्नै नाम छ ।

गणेशदेव पाण्डेको निर्देशनमा बन्ने ‘पारी बुटोल’ले पनि अनुमति लिएको छ । चेतन आङथुपोले आफ्नो निर्माण र निर्देशनमा बन्ने फिल्म ‘दारासिङ’को लागि निर्माण इजाजत लिएका छन् । प्रचण्डमान श्रेष्ठले आफ्नो निर्माण र निर्देशन रहने दुई फिल्म ‘पथलैया’ र ‘जयन्ती’को लागि इजाजत लिएका छन् । ‘जयन्ती’मा अरुण क्षेत्रीलाई कलाकारको रुपमा चिनाइएको छ ।सविन श्रेष्ठले आफ्नो ब्यानर सविन फिल्म्स प्रालिबाट बनाउन ‘कश्यप’ फिल्मलाई निर्माण इजाजत लिएका छन् ।

वल्र्डवाइड फिल्म्स प्रालिले ‘स्वर्गीय सिंगे’ बनाउन इजाजत लिएको छ । केकी अधिकारीले आफ्नो निर्माण हुने उल्लेख गर्दै ‘भद्रकाली’ र ‘राधा पियारी’ शीर्षकमा २ फिल्मको निर्माण इजाजत लिएकी छन् । जसअनुुसार ‘भद्रकाली’लाई उनका भाई विम्वले निर्देशन गर्ने उल्लेख छ ।‘राधा पियारी’लाई संजय चौलागाईंले निर्देशन गर्ने र केकी र विम्व कलाकार हुने उल्लेख छ । रोशन दासले आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘प्रतिवैरम’ बनाउन निर्माण इजाजत लिएका छन् । गौरव पहारी र पवित्रा साँखी (मिस पवि)को अभिनय रहने फिल्म ‘परिवेश’ले निर्माण इजाजत लिएको छ ।
-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...