Friday 10th April 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिमी मेरो मनको…


तिमी मेरो मनको अग्रभागमा बसेकी छौ
आउन आउ जिन्दगीका पानाहरु जोड्ने छौ
म तिम्रो प्रेमी हु रहिरहने छु ,प्रेम गर्छु गरिरहने छु
हाँस्दा पनि तिम्रै लागि हाँसेको हुने छु

तिमिलाई सम्झेर केही शब्द श्रृजना गर्ने छु
तिम्रो घुम्टाे खोली ,सम्मान दिएर सँगै रहने बाचा गर्दछु
शब्द शब्दमा पनि तिमिलाई नै पोख्न मन लाग्छ
जिन्दगीका सबै कथाहरु लेखौ लेखौ लाग्छ

सुनौलो अक्षरले भरेर इतिहास कोर्न लागिरहने छु
सधै साथ दिने बाचा पूरा गर्न आउने छु
मायाको नसामा भुलेको हुने छु
रात कटाउन तिमिलाई चिट्ठि लेख्दै बसेको छु

तिमी बिना यो जिन्दगी सारा अधुरो नै लाग्छ
तिम्रो साथले मेरो जीवन सफलता तिर जान्छ

तिमी मेरो मनको अग्रभागमा बसेकी छौ
आउन आउ जिन्दगीका पानाहरु जोडाै
म तिम्रो प्रेमी हु रहिरहने छु ,प्रेम गर्छु गरिरहने छु
हाँस्दा पनि तिम्रै लागि हाँसेको हुने छु

लेखक :


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...