Thursday 15th January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिमी मेरो मनको…


तिमी मेरो मनको अग्रभागमा बसेकी छौ
आउन आउ जिन्दगीका पानाहरु जोड्ने छौ
म तिम्रो प्रेमी हु रहिरहने छु ,प्रेम गर्छु गरिरहने छु
हाँस्दा पनि तिम्रै लागि हाँसेको हुने छु

तिमिलाई सम्झेर केही शब्द श्रृजना गर्ने छु
तिम्रो घुम्टाे खोली ,सम्मान दिएर सँगै रहने बाचा गर्दछु
शब्द शब्दमा पनि तिमिलाई नै पोख्न मन लाग्छ
जिन्दगीका सबै कथाहरु लेखौ लेखौ लाग्छ

सुनौलो अक्षरले भरेर इतिहास कोर्न लागिरहने छु
सधै साथ दिने बाचा पूरा गर्न आउने छु
मायाको नसामा भुलेको हुने छु
रात कटाउन तिमिलाई चिट्ठि लेख्दै बसेको छु

तिमी बिना यो जिन्दगी सारा अधुरो नै लाग्छ
तिम्रो साथले मेरो जीवन सफलता तिर जान्छ

तिमी मेरो मनको अग्रभागमा बसेकी छौ
आउन आउ जिन्दगीका पानाहरु जोडाै
म तिम्रो प्रेमी हु रहिरहने छु ,प्रेम गर्छु गरिरहने छु
हाँस्दा पनि तिम्रै लागि हाँसेको हुने छु

लेखक :


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...