Tuesday 29th September 2026

बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोड


त्रिपुराको राजधानी अगरतलास्थित बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोड भएको घटनाप्रति बंगलादेशको विदेश मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ ।

बंगलादेशको विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया भारतीय विदेश मन्त्रालयको प्रतिक्रियाको लगत्तै आएको हो । भारतको विदेश मन्त्रालयले अगरतलास्थित बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोडको घटनाप्रति दुःख व्यक्त गरेको छ । बंगलादेश सरकारले आगरतलामा हिन्दू सङ्घर्ष समितिको प्रदर्शनलाई हिंसात्मक भन्दै घटनाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेको छ ।

बंगलादेश सरकारले पूर्वनियोजित रूपमा बंगलादेश सहायक उच्चायुक्तको कार्यालयको मुख्य गेट तोडेर प्रदर्शनकारीहरूलाई परिसरमा प्रवेश गर्न दिएको आरोप लगाएको छ। यसका साथै बंगलादेश सरकारले सुरक्षा बलको उपस्थितिमा बंगलादेशको राष्ट्रिय झण्डाको अपमान गरेको र उच्चायुक्तको कार्यालयको सम्पत्तिमा क्षति पु¥याएको आरोप पनि लगाएको छ ।

बंगलादेश सरकारका अनुसार, “उच्चायुक्तको कार्यालयको सुरक्षामा खटिएका प्रहरीहरू पनि स्थिति नियन्त्रण गर्न असफल भए। सहायक उच्चायुक्तको कार्यालयका सबै सदस्यहरूमा गहिरो असुरक्षाको भावना छ।” यसअघि पनि बंगलादेश सरकारले विज्ञप्ति जारी गरी कोलकातामा भएको प्रदर्शनमा आफ्नो देशको राष्ट्रिय झण्डा जलाउने कुरा गरेको थियो । पछिल्ला केही महिनादेखि भारत र बंगलादेशबीचको सम्बन्धमा तनाव बढेको छ ।

बंगलादेशमा समेटिएको सनातन जागरण जोतका प्रवक्ता चिन्मय कृष्ण दास पक्राउ परेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव बढेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...