Tuesday 27th October 2026

बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोड


त्रिपुराको राजधानी अगरतलास्थित बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोड भएको घटनाप्रति बंगलादेशको विदेश मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ ।

बंगलादेशको विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया भारतीय विदेश मन्त्रालयको प्रतिक्रियाको लगत्तै आएको हो । भारतको विदेश मन्त्रालयले अगरतलास्थित बंगलादेशका सहायक उच्चायुक्तको कार्यालयमा तोडफोडको घटनाप्रति दुःख व्यक्त गरेको छ । बंगलादेश सरकारले आगरतलामा हिन्दू सङ्घर्ष समितिको प्रदर्शनलाई हिंसात्मक भन्दै घटनाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेको छ ।

बंगलादेश सरकारले पूर्वनियोजित रूपमा बंगलादेश सहायक उच्चायुक्तको कार्यालयको मुख्य गेट तोडेर प्रदर्शनकारीहरूलाई परिसरमा प्रवेश गर्न दिएको आरोप लगाएको छ। यसका साथै बंगलादेश सरकारले सुरक्षा बलको उपस्थितिमा बंगलादेशको राष्ट्रिय झण्डाको अपमान गरेको र उच्चायुक्तको कार्यालयको सम्पत्तिमा क्षति पु¥याएको आरोप पनि लगाएको छ ।

बंगलादेश सरकारका अनुसार, “उच्चायुक्तको कार्यालयको सुरक्षामा खटिएका प्रहरीहरू पनि स्थिति नियन्त्रण गर्न असफल भए। सहायक उच्चायुक्तको कार्यालयका सबै सदस्यहरूमा गहिरो असुरक्षाको भावना छ।” यसअघि पनि बंगलादेश सरकारले विज्ञप्ति जारी गरी कोलकातामा भएको प्रदर्शनमा आफ्नो देशको राष्ट्रिय झण्डा जलाउने कुरा गरेको थियो । पछिल्ला केही महिनादेखि भारत र बंगलादेशबीचको सम्बन्धमा तनाव बढेको छ ।

बंगलादेशमा समेटिएको सनातन जागरण जोतका प्रवक्ता चिन्मय कृष्ण दास पक्राउ परेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव बढेको छ ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...