Saturday 27th April 2024

मुम्वई माथि हैदराबादको किर्तिमानी जित


इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदरावादले सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको छ । आइपिएल २०२४ को हैदरावादमा खेलिएको मुम्बई इन्डियन्स विरुद्धको आठौं खेलमा सनराइजर्सले पहिले ब्याटिङ गर्दै यो ठूलो स्कोर बनाएको हो ।

टोलीका तर्फबाट ट्राभिस हेडले ६२ ९२४ बल०, अभिषेक शर्माले ६३ ९२३ बल० र क्लासेनले ८० ९३४ बल० रन बनाए । हैदरावादको टोलीले यस खेलमा कुल १८ छक्का र १९ चौका प्रहार गरेको थियो । मुम्बई इन्डियन्सकी बलर क्वेना माफाकाले चार ओभरमा ६६ रन दिएका थिए । कप्तान हार्दिक पाण्ड्याले चार ओभरमा ४६ रन दिए ।

खेलमा ८० रन बनाएका क्लासेनले आफ्नो इनिङबारे भने, ‘हाम्रो शीर्ष क्रमले लय बनाएको थियो। यो पनि राम्रो थियो कि जब मैले यी रनहरू बनाइरहेको थिएँ, मेरो सबैभन्दा मिल्ने साथी ९मार्कराम० नन(स्ट्राइकर अन्तमा थिए। यसअघि २०१३ मा आरसीबीले बनाएको आईपीएलमा सर्वाधिक २६३ रन रहेको थियो । मुम्बईले जवाफी व्याटिंगमा २० ओभर खेल्दै ५ वीकेट गुमाएर २४६ रनमा सिमित हुन पुग्यो । मुम्वईका टी वर्माले मात्र अर्ध सतक पार गरेका थिए । अर्ध सतक पार गर्न संख्या हैदराबादका तिन खेलाडी थिए ।

यी हुन् आईपीएलमा अहिलेसम्मकै सबैभन्दा ठूलो पाँच स्कोर
२०२४ सनराइजर्स हैदराबाद २७७
२०१३ आरसीबी २६३
2023 लखनऊ सुपरजायन्ट्स 257
2016 rcb 248
2010 चेन्नई सुपरकिंग्स 246


सम्बन्धित शीर्षकहरु

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका पत्रकारलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको…

कुबेत-“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु…

प्रतिकृयाहरू
...