Saturday 24th October 2026

नेदरल्याण्डसमाथि नेपालको शानदार जित


नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तलेले १२ र आसिफ सेखले ८ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको थियो ।

नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...