Friday 31st July 2026

विश्वकप क्रिकेटको छनौट खेलको पहिलो पारी सकिदा नेपाल ले जिम्बाबेलाई २९१ रनको लक्ष्य दियो


विश्व कप छनौटका लागि जिम्बाबे मा भईरहेको क्रिकेटको पहिलो दिन आयोजक राष्ट्र जिम्बाबे र नेपाल विच खेल भईरहेको छ । खेलको पहिलो पारी सकिदा नेपाल ले जिम्बाबे लाई २९१रनको लक्ष्य दिएको छ ।

नेपालका ओपनिंग व्याटसमेन ले राम्रो साझेदारी निभाए पछि नेपालले उक्त लक्ष्य दिन सफल भएको हो । नेपालका ओपनिंग व्याटस मेन कुशल भूर्तेल ले एक रन कम ल्याउदा उनको व्याक्तिगत रेकर्डको लागि सतक बनाउन बाट चुके । उनले ९५ नब्बे बल खेलेर ९९ सय रन जोडे । यसरी नै उनलाई साथ दिन आएका अर्का ओपनिंग व्याटस मेन आशिफ शेईख ले एक सय बल खेलेर ६६ रन जोडे पछि आउट भए । दुई व्याटसमेन को साझेदारी निक्कै राम्रो रहयो । उनीहरुको साझेदारी तोडन जिम्बाबे का खेलाडी ले ३१ दशमलब ५ ओभर सम्म कुर्न परर्यो ।

त्यसपछि पिचमा कुशल मल्ल र क्याप्टेन रोहीत पौडेल आए । रोहित ले २८ बल खेल्दा ३१ रनमा आउट भए भने कुशल मल्ल ले ४२ बलमा ४१ रन जोडे । मध्य क्रमका व्याटस मेन आशिक शेईख पाचौ नम्बरमा मैदानमा उत्रदा उनले ११ बल खेल्दै १० रन जोडेर आउट हुन पुगे । छैटौ नम्बरमा खेलेका गुल्सन झा ले १३ बल खेलेर १३ रन नै जोडे । सातौ नम्बरमा खेल्दै दिनेश सिह ऐरी ले ७ बल खेलेर ६ रन जोडदै आउट भए, भिम सार्की शुन्य रनमा आउट हुन पुगे । उनले मात्र एक बल खेल्दा मैदान छाड्न परर्यो । त्यस पछि मैदानमा करण केसी आए, जति बेला ९ बल मात्र नेपाल ले खेल्न बाकी थियो । उनले २ बल मा २ रन जोडेर नट आउट भए । सोमपाल ले २ बल खेले तर रन जोडन सकेनन जतिबेला नेपालको ५० ओभर पुरा भयो ।

नेपालले जिम्बाबे बाट अतिरिक्त २२ रन पायो । टस जितेर जिम्बाबेले नेपाललाई व्याटिंग गर्न दिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...