Friday 21st August 2026

एक एघार बर्षकी बालिकाले ईन्जिनियरिंगमा मास्टरर्स डिग्री


तोयानाथ दाहाल, उपेक्षित, मेक्सिको सिटीकी ११ वर्षीया बालिका अधार पेरेज सान्चेज ले इन्जिनियरिङमा स्नातकोत्तर गरेकी छन र उनले एक दिन नासाका लागि अन्तरिक्ष यात्री बन्ने आशा राखेकी छिन । उनले ईन्जिनियरिंग पास गर्दा को आईक्यु टेष्टमा 162 अंक ल्याईन जुन अंक महसुर बैज्ञानिकहरु अल्बर्ट आइन्स्टाइन र स्टीफन हकिङ को भन्दा उच्च हो । अधारले 7 वर्षको हुनुअघि नै हाईस्कूलको पढाइ पूरा गरेकी थिईन ।

उनले यसअघि नै CNCI विश्वविद्यालयबाट सिस्टम इन्जिनियरिङमा डिग्री र मेक्सिकोको टेक्नोलोजिकल युनिभर्सिटीबाट गणितमा विशेषज्ञतासहित औद्योगिक इन्जिनियरिङको डिग्री हासिल गरिसकेका छन्।उनी एक अकादमिक प्रतिभाशाली र एक कुशल सार्वजनिक वक्ता हुन् जसले अन्तरिक्ष यात्री बन्न चाहन्छिन्।

अधारा न्यून आय भएको परिवारमा हुर्केकी थिइन् र अटिस्टिक जुन एकप्रकारको शरिरको बृद्धमा हुने असन्तुलन हो भएको कारणले विद्यालयमा अक्सर दुर्व्यवहार गरिन्थ्यो। सोही कारणले उनले यसबीचमा तीन वटा विद्यालय फेर्न परेको थियो । तीन वर्षको उमेरमा, उनको भाषण उल्लेखनीय रूपमा प्रस्तुत भएपछि उनलाई विकासात्मक असक्षमता भएको निश्कर्ष निकालिएको थियो । उनको आमाले छोरीको यो उपलब्धिको खबर उनका उदासीन कक्षाकोठा पुराना सहपाठीहरु र ती शिक्षकहरुलाई सन्देश पठाउनुपर्ने बताइन्।

अधार ले आफूमाथि भएको दुव्र्यवहवार बझदथिन र विस्तारै उनी सबै साथीहरुबाट अलग्ग हुदै आफ्नो अध्यायनलाई अगाडी बढाउने गर्दथिन । उनी मेस्सिको को अन्तरिक्ष विज्ञानमा योगदान दिन चाहिन्छिन र एक दिन अन्तरिक्ष यात्री बन्ने उनको सपना छ । नासामा उनी भर्ना भएर त्यहाँ पढ्नु पर्ने कोर्ष सिद्धाउदा उनको उमेर १७ बर्ष हुनेछ । र उनी सम्भवत सानो उमेर मा अन्तरिक्ष को यात्रा गर्ने पहिलो सानो उमेरकी अन्तरिक्ष बैज्ञानिक बन्नेछिन ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...