Wednesday 9th September 2026

मणिपुरमा डिजिटल र डबल कर्पिङ माथि छलफल


डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यमा डिजिटल र डबल कर्पिङलाई लिएर राज्य सरकारले संबंधित निकायका अधिकारीहरू संग मुख्यमन्त्री सचिवालयमा बैठक गरेको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार बैठकमा सहभागी बन्दै मुख्यमन्त्री एन बिरेनले भने कि राज्यमा पर्याप्त मात्रामा खाद्यान्न बढाउनको लागि किसानहरूलाइ खेतीमा निर्भर किसानहरूलाइ अार्थिक सहयोग प्रदान गर्ने कुरा गर्दै कतिपय खेतीवालाहरूलाई अझै पनि समस्या भएकोले गर्दा सरकारले उनीहरूको जीवनमा भोकमरीको समस्या नहोस साथै समाजको तल्लो स्तरको मान्छेको पनि सपना साकार होस भन्ने हेतुले कृषि वैज्ञानिक तथा विशेषज्ञहरूलाई यसको उचित समाधान निकाल्ने र पैदावार बढ़ाउने कुरा तर्फ ध्यान दिन पनि आग्रह गरे ।
उनले अगाडि थपे कि सिँचाई संबंधित कतिपय समस्या विभिन्न क्षेत्रमा हुन सक्छ त्यसको पनि विस्तृत विवरण र समाधान निकाल्ने प्रयास गर्ने कुरा पनि भएको कुरा स्पष्ट पारे ।

यस बैठकमा विभिन्न स्थानबाट कृषि वैज्ञानिक र विशेषज्ञहरू पनि उपस्थित थिए ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...