Sunday 11th October 2026

मडिपुरका मुख्यमन्त्रीको यशियाली विकास बैंकका पदाधिकारीहरूसँग विशेष बैठक सम्पन्न


हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले एशियाली विकास बैंकका अधिकारीहरू संग विशेष बैठक गर्दै राज्यमा बैकिङ संबंधित विभिन्न परिकल्पहरूको गहन रूपमा छलफल गरेको समाचार छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसारले राज्य डीबीटीएस लगायत एफडीआई र विनिमय नियमन र भुक्तानी एवं लगानीलाई पनि सरल र सहज बनाउने विषयमा पनि व्यापक रूपमा चर्चा भएको छ ।

मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार बैकिङ संबंधित कार्यलाई सहज, सरल र आम जनताले बुझ्न सक्ने खालको बनाउनको लागि सरकार कटिबद्ध रहेको र यस कार्यमा एशियाली विकास बैंकले पाइला चाल्ने कुरा पनि बताए ।
मुख्यमन्त्रीले भने कि बैंकले आउने भविष्यमा धेरै नै विकासोन्मुख कार्य गर्ने छ ।जसले आम नागरिकलाई फाइदा पुर्याउने छ ।

स्मरण रहोस मणिपुरमा पहिलो पटक यस्तो बैठक भएको हो ।जसले अवश्य पनि आम जनताले फाइदा पाउने छन भन्ने आशा गर्न सकिन्छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान…

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

प्रतिकृयाहरू
...