Saturday 10th October 2026

सारथी बहुउद्देशीय सहकारी संस्थाकाे प्रथम वार्षिक साधारण सभा सम्पन्न


नारायण कोइराल – सारथी बहुउद्देशीय सहकारी संस्थाकाे प्रथम वार्षिक साधारण सभा यहि मिति २०७९ साल मंसिर २४ गते सम्पन्न भएकाे छ ।

सारथी बहुउद्देशीय सहकारी संस्थाकी अध्यक्ष बिमला पाैडेलकाे अध्यक्षता एवं चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरिकाे प्रमुख अातिथ्यतामा भएकाे उक्त सभामा गिरिले सहकारीले पुरातन प्रणाली निक्षेप लिने लगानी गर्ने,व्याज लिने यति मात्रले विकाश हुन नसक्ने भएकाेले मानव समसाधनकाे विकास,अाय अार्जन गर्ने सक्ने बनाइ अार्थिक विकास गर्ने तर्फका कार्यक्रम गर्दै जानु पर्ने सुझाउनु भयाे ।बिशिष्ठ अतिथि चनपा १५ का वडा अध्यक्ष घनश्याम लुईंटेलले वडाबाट गरिने विकास निर्माणका याेजना राताे कितावमा अाईसकेकाे छ अब समिति गठन गरि कार्य गर्दै जानु पर्ने बताउनु भयाे ।

उक्त अबसरमा माधव प्रसाद भुसाल,हरि अाचार्य,हरिकुमार कार्की,मन्तव्य व्यक्त गर्नु भएकाे थियाे भने विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष खाेरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनले सहकारी सम्वन्धी कविता प्रस्तुत गर्नु भएकाे थियाे ।
भिम कुमारी खत्रीकाे कुशल उद्घघाेषणमा र विष्णु कुमार खड्काकाे स्वागतबाट प्रारम्भ भएकाे सभाकाे दाेस्राे चरणमा अार्थिक वर्ष ७८/७९काे काेषाध्यक्ष इन्दिरा खड्काद्वारा लेखा प्रतिवेन,लेखा सुपरिवेक्षण संयाेजक भूपाल थापा द्वारा प्रतिवेदन र अाउदाे वर्ष ७९/८०काे लागि लेखा परिक्षक नियूक्ति सम्वन्धि छलफल र पारित पश्चात अध्यक्षबाट मन्तव्यका साथ सभा सम्पन्न भएका थियाे ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...