Saturday 10th October 2026

मुख्यमंत्रीले गरे बराक महोत्सव र सुन्तला महोत्सव बारे छलफल


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले आगामी चाैध र पन्ध्र तारिक सेनापति जिल्लामा संपन्न हुन गई रहेको बराक महोत्सव बारे जिल्लाका विभिन्न निकायहरू संग एउटा बैठक गरेको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सो समारोहमा बराक नदीबारे जनतालाई जागरूक गराउदै कला र संस्कृतिको समेत समावेश गरिने कुरा पनि भएको समाचार छ ।

मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार मणिपुरमा बसोबासो गर्ने संपूर्ण जातिको लागि महोत्सव अति नै महत्वपूर्ण रहेको कुरा पनि स्पष्ट पारे ।

स्मरण रहोस मणिपुरमा प्रत्येक वर्ष बराक महोत्सवको आयोजना सरकारले गर्दछ ।जो ऐतिहासिक हो ।

त्यसै गरि राज्य स्तरीय सुन्तला महोत्सव बारे राज्यको केबिनेट हलमा आयोजक समितिको साथमा मुख्यमन्त्रीले बैठक गरेको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी दिसंबर सत्रह देखि उन्नाइस दिसंबर सम्म चल्ने सो महोत्सवमा विभिन्न प्रकारका आयोजना गरिने तथा यसमा सारा जनताले सहयोग गर्ने कुराको पनि प्रतिबद्धता रहने कुरा पनि बताएको छ ।
बैठकमा विभिन्न स्थानबाट उत्पादन गरेर ल्याएका सुन्तलाको स्टाल लगाउने साथ बेच बिखन तथा निर्यातको लागि पनि ठोस पाइला चालिने पनि कुरा भएको छ ।

मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार मणिपुरको तमेङलोङ जिल्लामा विशेष गरी सुन्तलाको खेती हुने गरेकोले केन्द्र सरकारले खास ध्यान दिनुपर्ने कुरा पनि बताए । यस बैठकमा सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए ।

स्मरण रहोस मणिपुर सरकारले प्रत्येक वर्ष सुन्तला महोत्सव आयोजना गर्दैछ ।जो ऐतिहासिक हुने गर्दछ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...