Wednesday 21st January 2026

मुख्यमंत्रीले गरे बराक महोत्सव र सुन्तला महोत्सव बारे छलफल


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले आगामी चाैध र पन्ध्र तारिक सेनापति जिल्लामा संपन्न हुन गई रहेको बराक महोत्सव बारे जिल्लाका विभिन्न निकायहरू संग एउटा बैठक गरेको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सो समारोहमा बराक नदीबारे जनतालाई जागरूक गराउदै कला र संस्कृतिको समेत समावेश गरिने कुरा पनि भएको समाचार छ ।

मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार मणिपुरमा बसोबासो गर्ने संपूर्ण जातिको लागि महोत्सव अति नै महत्वपूर्ण रहेको कुरा पनि स्पष्ट पारे ।

स्मरण रहोस मणिपुरमा प्रत्येक वर्ष बराक महोत्सवको आयोजना सरकारले गर्दछ ।जो ऐतिहासिक हो ।

त्यसै गरि राज्य स्तरीय सुन्तला महोत्सव बारे राज्यको केबिनेट हलमा आयोजक समितिको साथमा मुख्यमन्त्रीले बैठक गरेको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी दिसंबर सत्रह देखि उन्नाइस दिसंबर सम्म चल्ने सो महोत्सवमा विभिन्न प्रकारका आयोजना गरिने तथा यसमा सारा जनताले सहयोग गर्ने कुराको पनि प्रतिबद्धता रहने कुरा पनि बताएको छ ।
बैठकमा विभिन्न स्थानबाट उत्पादन गरेर ल्याएका सुन्तलाको स्टाल लगाउने साथ बेच बिखन तथा निर्यातको लागि पनि ठोस पाइला चालिने पनि कुरा भएको छ ।

मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार मणिपुरको तमेङलोङ जिल्लामा विशेष गरी सुन्तलाको खेती हुने गरेकोले केन्द्र सरकारले खास ध्यान दिनुपर्ने कुरा पनि बताए । यस बैठकमा सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए ।

स्मरण रहोस मणिपुर सरकारले प्रत्येक वर्ष सुन्तला महोत्सव आयोजना गर्दैछ ।जो ऐतिहासिक हुने गर्दछ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...