Thursday 10th September 2026

मुख्यमंत्रीले गरे वाङखै नेत्र अस्पतालको उद्धाटन


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले वाङखै स्थित नेत्र अस्पतालको उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले गतः कोविदको समयमा सानो रूपमा शुरू गरेको सो अस्पताललाई आज व्यापक रूपमा सबै चाहिने सरसामानको साथमा शुरू भएको कुरा पनि बताए ।

मुख्य अतिथिको रूपमा उपस्थित बिरेनले आफ्नो वक्तव्यमा भने कि मणिपुरमा पनि ऑखा संबंधित बिमार निकै माथी पुगेको र यसको निवारणको लागि सरकारले पीपीपी मोडलको रूपमा सो अस्पताल शुरु गरेको कुरा उनले बताए ।
मुख्यमन्त्रीले भने कि अब आउने भविष्यमा सरकारले फेरि पनि यसको पहल गर्ने छ र जनतालाई राहत दिने छ भन्ने पनि अठोट गरे ।

यसै अवसरमा राज्यका विभिन्न निकायका मानिसहरू पनि उपस्थित थिए ।
स्मरण रहोस मणिपुरमा ऑखाको अस्पताल खोलिनु एउटा चानचुने कुरा होइन ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...