Tuesday 16th April 2024

मुख्यमंत्रीले बिहाङको शङाई महोत्सवमा भाग लिए


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले चुडाचांदपुर जिल्लाको बिहाङमा चली रहेको शङाई महोत्सवमा भाग लिएका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्री बिरेनले आफ्नो कैबिनेटको साथमा भाग लिँदै भने कि राज्यको दोस्रो इम्फालको रूपमा मानिने चुडाचांदपुर हाम्रो मुटु हो ।
उनले अगाडि भने कि सबै समुदाय बीचमा समन्वय बनाउदै खुसियाली मनाउन भाग्यको कुरा हो ।

उनले अगाडि थपे कि जिल्लाको संपूर्ण विकासको लागि सरकारले पहल गरेको छ ।
स्मरण रहोस सरकारले यस पटक शङाई महोत्सव व्यापक रूपमा मनाएको छ ।जो अद्वितीय हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका…

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

मुस्लिम धर्माबलम्बीहरूको महान पर्व ईद आज हर्षोल्लासका साथ मनाइँदैछ्। एक महिनासम्म रोजा गरेर सकिए पछि आज ईद मनाइँदै छ। रमदान…

प्रतिकृयाहरू
...