Thursday 10th September 2026

मणिपुरमा रंगारंग कार्यक्रमका साथ शङाई फेस्टिवल शुरू भयो


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यमा रंगारंग कार्यक्रमकार्यक्रमका साथ शङाई फेस्टिवल शुरू भएको छ ।

डोनर तथा पर्यटन मंत्री जी किशन रेड्डीको प्रमुख आतिथ्यतामा आरंभ भएको सो महोत्सवमा राज्यका बतीस जनजातिहरूले आफ्नो वेशभूषा कला र संस्कृतिको धरोहरलाई पेश गरे ।
मुख्य अतिथिको रूपमा बोल्दै जी किशन रेडडीले भने कि मणिपुर आफैंमा पनि कला खेल र सांस्कृतिक क्षेत्रमा संपन्न राज्य हो ।यसले संसारलाई आफ्नो कला र संस्कृतिले चिनाएको छ ।
उनले अगाडि भने कि हामीले विकासको लागि विविध प्रकारले ध्यान दिनु आवश्यक छ ।सरकारको प्रयास भने सबैलाई जोड्ने र विकास गर्ने रहेको हुन्छ ।

उनले अगाडि थपे कि पूर्वोत्तरको विकास हुनु नै हाम्रो पनि विकास हो ।
मुख्यमन्त्री एन बिरेनले भने कि युवाहरूले विकासको मार्गमा ध्यान दिनु आवश्यक देखिन्छ ।यस प्रकारको कार्यक्रमले राष्ट्रिय एकतामा बल पुग्छ ।
यसै अवसरमा राज्यका विभिन्न जाति र जनजातिका गण्यमान्य व्यक्तित्वहरू उपस्थित थिए ।

आगामी तीस तारीख सम्म चल्ने सो महोत्सवमा विभिन्न प्रकारका आयोजना हुनेछन ।
स्मरण रहोस् मणिपुरमा प्रत्येक वर्ष शङाई फेस्टिवल मनाउने गरिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...