Saturday 25th July 2026

मुख्यमंत्रीले धेरैवटा परियोजनाहरूको आधारशिला राखे


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको मुख्यमंत्री एन बिरेन सिंहले हिजो सेनापति जिला अन्तर्गत सेनापति खेल मैदानमा धेरैवटा परियोजनाहरूको आधारशिला राखेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले आंगनबाड़ी केन्द्र, यूको बैक ब्रान्च साथै जिम केन्द्र लगायत अन्य धेरैवटा परियोजना आगामी दिनहरूमा चालू गरिने कुरा पनि बताए ।
गो टू हिल्स कार्यक्रम अंतर्गत शुरू गरिएका परियोजनाहरू केन्द्र वित्तीय सहायताबाट हुने साथै हिल्सको संपूर्ण ढाँचामा परिवर्तन ल्याउने पनि कुरा बताएका ।
मीडियालाई संबोधन गर्दै उनले भने कि हामीले राज्यको सबै ठाउँमा विकास गरिनुपर्ने छ ।त्यसमा पनि पहाडी इलाकामा भने विकासमा बल दिनुपर्ने छ ।
उनले अगाडि थपे कि आगामी लोकसभा चुनाव अगाडि नै सकिने लक्ष्य राखेर शुरु गरिएका यिनै कार्यहरूको समापन हुनेछ भन्ने आशा पनि राखे ।
स्मरण रहोस मुख्यमन्त्रीको गो टू हिल्स कार्यक्रमले अवश्य पनि परिवर्तन ल्याएको कुरा विज्ञजनले गरेका छन ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...