Wednesday 21st January 2026

मुख्यमंत्रीले धेरैवटा परियोजनाहरूको आधारशिला राखे


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको मुख्यमंत्री एन बिरेन सिंहले हिजो सेनापति जिला अन्तर्गत सेनापति खेल मैदानमा धेरैवटा परियोजनाहरूको आधारशिला राखेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले आंगनबाड़ी केन्द्र, यूको बैक ब्रान्च साथै जिम केन्द्र लगायत अन्य धेरैवटा परियोजना आगामी दिनहरूमा चालू गरिने कुरा पनि बताए ।
गो टू हिल्स कार्यक्रम अंतर्गत शुरू गरिएका परियोजनाहरू केन्द्र वित्तीय सहायताबाट हुने साथै हिल्सको संपूर्ण ढाँचामा परिवर्तन ल्याउने पनि कुरा बताएका ।
मीडियालाई संबोधन गर्दै उनले भने कि हामीले राज्यको सबै ठाउँमा विकास गरिनुपर्ने छ ।त्यसमा पनि पहाडी इलाकामा भने विकासमा बल दिनुपर्ने छ ।
उनले अगाडि थपे कि आगामी लोकसभा चुनाव अगाडि नै सकिने लक्ष्य राखेर शुरु गरिएका यिनै कार्यहरूको समापन हुनेछ भन्ने आशा पनि राखे ।
स्मरण रहोस मुख्यमन्त्रीको गो टू हिल्स कार्यक्रमले अवश्य पनि परिवर्तन ल्याएको कुरा विज्ञजनले गरेका छन ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...