Wednesday 21st January 2026

मणिपुरमा फेरि पञ्चायत चुनाव ओझेलमा


डा. हरिमोहन पोखरेल, कोहिमा/लगभग छ महिना अगाडि नै राज्यको पंचायती राज विभागले चाडै नै राज्यका केही ठाउँमा पुनः पञ्चायतको चुनाव गराउने सूचना दिएको थियो भने आज सम्म सरकारको तर्फबाट पनि कुनै ठोस कदम उठाए जस्तो लाग्दैन ।

यसै सिलसिलामा राज्यका विभिन्न ठाउँहरूबाट पाएको रिपोर्ट अनुसार लगभग सबैको चाहना भने सरकारले पञ्चायतको चुनाव गरोस र उचित अधिकार दिएको बेस छ भन्ने कुरा प्रकाशमा आएको छ ।

यसको लागि सरकारले समयमा पहल गरे मात्र साकार गराउन सकिने कुरा पनि छ । राज्यका पहाडी र मैदानी इलाकामा भने पञ्चायती राजले निकै ठूलो काम गर्दै आएको कुरा पनि नौलो होइन ।

आज राज्यमा भाजपाको सरकारले निकै विकास गरेको र राज्यलाई नया ट्रयाक संग जोडेको कुरा सुन्नमा आउछ ।फेरि पनि आज सरकारले पंचायतको चुनाव गराउछ कि गराउँदैन भन्ने कुरा ओझेलमै रहेको जस्तो देखिन्छ ।

अर्कातिर भने डिस्ट्रिक्ट काउन्सिलको चुनाव पनि गरिनु परेकोले गर्दा अन्योलमा परेको पनि हुन सक्छ ।त्यसैले गर्दा पनि आउने भविष्यमा पंचायतको चुनावलाई लिएर एउटा प्रश्नचिन्ह बनेर रहेको छ ।हेरै जाऔं आउने दिनहरूमा सरकारले के कस्तो कदम उठाउन सफल हुन्छ ।त्यो त आउने भविष्य नै बताउला ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...