Sunday 11th October 2026

मणिपुरलाई बन्द र बोलोकेट फ्री बनाउन सरकार प्रयासरत -मुख्यमन्त्री


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यलाई बन्द र बोलोकेटबाट मुक्त गराउनको साथै अलगाव मुक्त बनाउन असम राइफल द्वारा निरंतर रूपमा सहयोगको सराहना गरेका छन।
असम राइफल्स द्वारा आयोजित एउटा संगोष्ठीमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि बन्द र बोलोकेटबाट मुक्त बनाउन सरकारले निरंतर प्रयास गरेको छ ।
आउने दिनहरूमा फेरि देखि यो समस्या देखा पर्न नदिनको लागि हामीले सक्दो पहलकदमी लिई नै रहेका छौ ।
उनले अगाडि भने कि बन्दको प्रकोपले हामीमाथि झन धेरै समस्या नबढेको होइन फेरि पनि यसलाई निर्मूल पार्न उपायहरू र कदमहरू नउठाएको होइन ।
असम राइफलको सराहना गर्दै उनले भने कि राज्यबाट अलगाववादअलगाववादलाई निर्मूल पार्नको लागि असम राइफलले जुन भूमिका निर्वाह गरेको छ ।जसको सराहना नगरी सकिन्न ।
उनले अगाडि थपे कि मणिपुरको कंबाइंड फोर्स संग मिलेर कतिपय ओपरेशन सफल पार्नु पनि उनीहरूको कामयाबी हो ।
यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्मरण रहोस् मणिपुरमा असम राइफल द्वारा विभिन्न सामाजिक सेवाका कार्यहरू गरि रहन्छन ।जो एउटा अलग्गै इतिहास हो ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...