Tuesday 7th April 2026

मणिपुरमा सोह्रौ क्षेत्रीय सारस मेला शुभारम्भ


हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा हिजो साँझ एकसय सोह्रौ क्षेत्रीय सारस मेला शुरू भएको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरको विभिन्न स्थानका विभिन्न इतिहास बोकेका सामग्रीहरूलाई आज एउटा इतिहास बनाएको छ ।
उनले अगाडि भने कि प्रत्येक वर्ष यस प्रकारको कार्यक्रमले गर्दा मानिसलाई आयको स्रोत तर्फ आकर्षित गराउनु पनि हो ।
उनले अगाडि थपे कि हालको भाजपाको सरकारले लोकल फोर भोकमा जोड देखेकोले पनि हामीले सक्दो आफ्नै बलबूताबाट चीजहरू निर्माण र बेचबिखन तर्फ ध्यान दिनुपर्ने हुन्छ ।
यसै अवसरमा मुख्यमन्त्रीले मेलामा लगाइएको स्टलहरूको पनि निरीक्षण गरे ।
इबोयाइमा सङलेनमा आयोजित मेलामा राज्यका विभिन्न तप्काका मानिसहरूको उपस्थिति थियो ।
स्मरण रहोस प्रत्येक वर्ष मणिपुरमा सारस मेला लगाइन्छ ।जो एउटा इतिहास हो ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...