Sunday 28th June 2026

छुद्र ग्रहबाट पृथ्वीलाई बचाउने प्रयासको परिक्षण सफल


NASA ले गत महिना एक मिसनमा क्षुद्रग्रहको कक्षामा सफलतापूर्वक बाधा पुर्‍यायो जसले पृथ्वी तर्फ लाग्ने सम्भावित क्षुद्रग्रहको बिरूद्ध रक्षा गर्ने रणनीतिको परीक्षण सफल भएको घोषणा गरयो, नासाका प्रशासक बिल नेल्सनले मंगलबार भने, यो ग्रह रक्षाको लागि मानवताको लागि ठुलो खुशीको पल हो ।

डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट स्पेसक्राफ्ट, वा डार्ट, यसको प्रभावको बिन्दुमा पुग्न लगभग ७० लाख माइल यात्रा गरेपछि सेप्टेम्बर २६ मा एउटा क्षुद्रग्रहसँग ठोक्किएको थियो । त्यसरी ठक्कर दिएको चट्टानको नाम डिमोर्फोस थियो, यो एउटा सानो क्षुद्रग्रह हो, जसले आफू भन्दा निक्कै ठुलो डिडिमोस नामको चट्टानको परिक्रमा गर्ने गर्दछ । अर्थात डिडिमोसको चन्द्रमा डिमोर्फोस थियो, डिडिमोसले हाम्रो चन्द्रमा लाई परिक्रमा गर्दछ । अर्थात पृथ्वीबाट बैज्ञानिकले तयार गरिएको भु उपग्रहबाट पृथ्वीको पनातीलाई ताजन दिएको हो ।

नाशाले मंगलबार ठक्कर दिएको १५ दिन पछि अर्थात हिजै मात्र यो पुष्टि गर्‍यो डिमोर्फोसको गतिको प्रभाव यसको कक्षाको लम्बाइको तुलना गरेर निश्कर्ष निकालेको हो । प्रभाव पार्नु अघि, डिमोर्फोसले डिडिमोस वरिपरि परिक्रमा पूरा गर्न ११ घण्टा ५५ मिनेट लगाउथ्यो भने अब ३२ मिनट कम लगाउछ । यसको मतलब उसको दिशामा केही परिवर्तन भयो । अर्थात आफ्नो मात्री ग्रह को नजिकतर्फ धकेलियो । अर्थात फैलन पाएन । फैलदै जादा यसले आफ्नो दुरी पृथ्वीसँग घटाउदै लाने खतरा हुन्छ र एक दिन पृथ्वीमा टक्क्राउन सक्ने हुन्छ । बैज्ञानिकको भनाई थियो की १० मिनेट मात्र ढिलो भएमा यो ठूलो सफलता हो तर यहाँ त अपेक्षा भन्दा धेरै ३२ मिनटको प्रगति भयो ।

बैज्ञानिकद्धारा प्रक्षेपण गरिएको रेफ्रिजरेटर आकारको DARTअन्तरिक्ष यान 13,000 माइल प्रति घण्टामा यात्रा गरिरहेको थियो, बैज्ञानिक नेल्सनले भने । एस्टेरोइड अर्थात डिमोर्फोस,भने एउटा फुटबल स्टेडियमको आकार छ । यसकारण ग्रहलाई कुनै नोक्सानी भएको छैन । तर मिसनले सम्भावित विनाशकारी क्षुद्रग्रहहरुको प्रभावलाई रोक्न सक्ने प्रविधिहरू परीक्षण गर्ने लक्ष्य राखेको थियो जुन साकार भएको छ ।
Source -News agency


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा दुई वटा शक्तिशाली भूकम्प आएपछि अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। दोस्रो भूकम्प…

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

प्रतिकृयाहरू
...