Sunday 11th October 2026

मणिपुरमा आइएलपी फेरि चालू गरिने


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा आइएलपी (इनर लाइन परमिट )फेरि चालू गरिने कुरा एउटा विश्वसनीय सूत्रबाट प्राप्त भएको छ ।

एउटा उच्चस्तरीय विश्वसनीय सूत्रले जनाएको छ आज राज्यका मुख्यमन्त्री एन बिरेनले राज्यमा पुनः आइएलपी शुरू गर्नको लागि सिविल र पुलिसका अधिकारीहरू संग एउटा बैठक डाकेको थिए जसमा आइएलपी माथि गहन रूपमा छलफल भएको छ र निकट भविष्यमा यो कानुनको दायरामा मणिपुर राज्य पनि आउने छ ।

सानो बैठकमा मुख्यमन्त्रीले राज्यमा कानुन व्यवस्था बनाएर राख्नको लागि तथा आफ्नो संस्कृति तथा कतिपय कुरालाई बचाउनको लागि पनि यस कानुनको संचालन गरिनुपर्ने कुरा बताए ।

स्मरण रहोस् सन् २०१४ मा भाजपाको सरकारले सत्ता सम्हाले पश्चात मणिपुरमा आइएलपी शुरू भएको हो ।
—
कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...