Wednesday 21st January 2026

मणिपुरमा आइएलपी फेरि चालू गरिने


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यमा आइएलपी (इनर लाइन परमिट )फेरि चालू गरिने कुरा एउटा विश्वसनीय सूत्रबाट प्राप्त भएको छ ।

एउटा उच्चस्तरीय विश्वसनीय सूत्रले जनाएको छ आज राज्यका मुख्यमन्त्री एन बिरेनले राज्यमा पुनः आइएलपी शुरू गर्नको लागि सिविल र पुलिसका अधिकारीहरू संग एउटा बैठक डाकेको थिए जसमा आइएलपी माथि गहन रूपमा छलफल भएको छ र निकट भविष्यमा यो कानुनको दायरामा मणिपुर राज्य पनि आउने छ ।

सानो बैठकमा मुख्यमन्त्रीले राज्यमा कानुन व्यवस्था बनाएर राख्नको लागि तथा आफ्नो संस्कृति तथा कतिपय कुरालाई बचाउनको लागि पनि यस कानुनको संचालन गरिनुपर्ने कुरा बताए ।

स्मरण रहोस् सन् २०१४ मा भाजपाको सरकारले सत्ता सम्हाले पश्चात मणिपुरमा आइएलपी शुरू भएको हो ।

कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...