Thursday 22nd January 2026

नागालैंडमा पनि दुर्गापूजा शुरू भयो


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यको कोहिमा जिल्ला अंतर्गत हाइस्कुलमा पनि बडो धुमधामका साथ दुर्गा पूजा समारोह शुरू भएको छ ।

प्राप्त समाचार अनुसार पन्द्रहौं बीआरटीएफ कैम्प अंतर्गत हिन्दु युवा संघको तत्वावधानमा आयोजित समारोहमा गुवाहाटी असमबाट भजन मंडली डाकेको कुरा थाहा लागेको छ ।
हिन्दु युवा संघका एकजना अधिकारीले यो संवाददातालाई बताए कि यस वर्ष एउटा अलग्गै पंडालको निर्माण गरिएको छ ।जसको सहयोग पनि यहाँका बासिन्दाहरूले गरेका हुन ।

उनले अगाडि भने कि अष्टमी र नवमीको दिन विशेष पूजा अर्चना हुन्छ ।जसमा बाक्लो रूपमा उपस्थितिको आशा राखेका छौं भने राति रंगारंग कार्यक्रम संपन्न हुनेछ ।
उनले अगाडि भने कि यस पावन अवसरमा सबजनालाई समयमा उपस्थित हुदै पुण्यको भागी हुन अपेक्षा राखेका छन।

स्मरण रहोस प्रत्येक वर्ष बीआरटीएफले प्रायः सबै नै कार्यक्रम गर्ने गर्दछ । यो नागालैंडको लागि एउटा ऐतिहासिक कार्य हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...