Wednesday 8th April 2026

नागालैंडमा पनि दुर्गापूजा शुरू भयो


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यको कोहिमा जिल्ला अंतर्गत हाइस्कुलमा पनि बडो धुमधामका साथ दुर्गा पूजा समारोह शुरू भएको छ ।

प्राप्त समाचार अनुसार पन्द्रहौं बीआरटीएफ कैम्प अंतर्गत हिन्दु युवा संघको तत्वावधानमा आयोजित समारोहमा गुवाहाटी असमबाट भजन मंडली डाकेको कुरा थाहा लागेको छ ।
हिन्दु युवा संघका एकजना अधिकारीले यो संवाददातालाई बताए कि यस वर्ष एउटा अलग्गै पंडालको निर्माण गरिएको छ ।जसको सहयोग पनि यहाँका बासिन्दाहरूले गरेका हुन ।

उनले अगाडि भने कि अष्टमी र नवमीको दिन विशेष पूजा अर्चना हुन्छ ।जसमा बाक्लो रूपमा उपस्थितिको आशा राखेका छौं भने राति रंगारंग कार्यक्रम संपन्न हुनेछ ।
उनले अगाडि भने कि यस पावन अवसरमा सबजनालाई समयमा उपस्थित हुदै पुण्यको भागी हुन अपेक्षा राखेका छन।

स्मरण रहोस प्रत्येक वर्ष बीआरटीएफले प्रायः सबै नै कार्यक्रम गर्ने गर्दछ । यो नागालैंडको लागि एउटा ऐतिहासिक कार्य हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...