Friday 26th April 2024

डोन बोसको कलेज र नागलैंड सरकार बीच सम्झौता


डा. हरिमोहन पोखरेल,कोहिमा/सेनापति जिल्लाका पूर्व विधायक फ्रांसिस ङाजोकपा, प्राचार्य डोन बोसको कलेज माराम, माराम मर्दस एसोसिएशन र माराम विद्यार्थी संगठनको संयुक्त टोलीले हिजो मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहलाई भेट गरेर माराम डोन बोसको कलेजलाई पूर्ण कालिन विश्वविद्यालयविश्वविद्यालयको रूपमा परिणत गर्न सम्झौता भएको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उक्त टोलीले चाँडो भन्दा चाँडो कलेजलाई विश्वविद्यालयको रूपमा परिवर्तन गर्न कुरा राखेको छ ।

सरकार संग भएको सम्झौता पछि मुख्यमन्त्रीले भने कि यथासंभव हामीले प्रयास गर्ने छौ ।जसको परिणाम चाँडै नै देखा पर्ने छ । उनले अगाडि भने कि हिल एरियामा हामीले विश्वविद्यालय बनाउन पाउनु खुशीको कुरा हो ।

स्मरण रहोस् मणिपुरमा भाजपाको सरकारले धेरै काम गर्न थालेको छ जसको परिणाम सबैले देखि रहेका छन। यो पहलकदमीले पनि अवश्य फाइदा गराउने छ ।

कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...