Wednesday 9th September 2026

डोन बोसको कलेज र नागलैंड सरकार बीच सम्झौता


डा. हरिमोहन पोखरेल,कोहिमा/सेनापति जिल्लाका पूर्व विधायक फ्रांसिस ङाजोकपा, प्राचार्य डोन बोसको कलेज माराम, माराम मर्दस एसोसिएशन र माराम विद्यार्थी संगठनको संयुक्त टोलीले हिजो मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहलाई भेट गरेर माराम डोन बोसको कलेजलाई पूर्ण कालिन विश्वविद्यालयविश्वविद्यालयको रूपमा परिणत गर्न सम्झौता भएको समाचार प्राप्त भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उक्त टोलीले चाँडो भन्दा चाँडो कलेजलाई विश्वविद्यालयको रूपमा परिवर्तन गर्न कुरा राखेको छ ।

सरकार संग भएको सम्झौता पछि मुख्यमन्त्रीले भने कि यथासंभव हामीले प्रयास गर्ने छौ ।जसको परिणाम चाँडै नै देखा पर्ने छ । उनले अगाडि भने कि हिल एरियामा हामीले विश्वविद्यालय बनाउन पाउनु खुशीको कुरा हो ।

स्मरण रहोस् मणिपुरमा भाजपाको सरकारले धेरै काम गर्न थालेको छ जसको परिणाम सबैले देखि रहेका छन। यो पहलकदमीले पनि अवश्य फाइदा गराउने छ ।

कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...