Saturday 10th January 2026

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली


निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो।आयोगले आयोगले महानगरपालिका प्रमुख तथा उपप्रमुख बनेका २०८ लाई जनही सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका २१८ लाई जनही ५ लाख ५० हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका ३७५६ लाई ४ लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार बनेका ४१९६ लाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गर्दा पनि अटेर गरेपछि जरिवाना गरिएको आयोगले जनाएको छ।  निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो। जसमा महानगरपालिकाका दुई सय ८ जना छन्। उनीहरूलाई जनही सात लाख ५० हजार रुपैयाँ जरिवाना भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा उपमेयर सुनिता डंगोल, विराटनगरका मेयर नागेश कोइरला तथा उपमेयर शिल्पा कार्की, भरतपुर महागनरकी मेयर रेणु दाहाल तथा उपमेयर चित्रसेन अधिकारी, विरगंजका राजेशमान सिंह तथा उपमेयर इस्तियाज आलम र पोखराका मेयर धनराज आचार्यले विवरण नबुझाएको आयोगले जनाएको छ। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मात्रै निर्वाचन खर्च विवरण बुझाएका छन्।

-अन्नपूर्णपोष्टबाट

 


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...