Sunday 18th October 2026

मणिपुरमा शुरू भयो एकसय एकतीसौं डुरान कप


डा. हरिमोहन पोख्रेल, कोहिमा /मणिपुर राज्यको मुख्य क्रीडांगन मानिने खुमन लाम्पाक स्टेडियममा आजबाट एकसय एकतीसौं डूरान कप शुरू भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उद्धाटन सत्रमा केंदीय रक्षा मंत्री राजनाथ सिंहको मुख्य आतिथ्य रहेको र राज्यका मुख्यमन्त्री एन बिरेनको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै रक्षा मंत्रीले भने कि खेलको क्षेत्रमा विश्वकै पावरहाउस मानिने मणिपुरको प्रस्तुति कम छैन ।हामीले खेलकुदखेलकुदको विकास र विस्तार गर्नको लागि मणिपुरबाट प्रेरणा लिनुपर्ने छ ।उनले अगाडि थपे कि आजबाट शुरु भएको डूरान कपको एकसय एकतीसौं संस्करण पनि एउटा ऐतिहासिक नै हुने छ । यसै अवसरमा बोल्दै राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि मणिपुरको योगदान विश्वमै रहेको कुरा यहाँका खिलाड़ीहरूको अथक प्रयासबाट हो भन्दा फरक नपर्ला ।

उनले अगाडि थपे कि केन्द्रबाट पनि खेलको उन्नति,विकास र प्रगति अनि शोधको नया बाटो खोलिनु पर्ने आवश्यकता देखिएको छ ।
यसै अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो भने स्टेडियम खचाखच भरिएको थियो ।विभिन्न रंगारंग कार्यक्रमका साथ आरंभ भएको यस खेलले अवश्य पनि इतिहास बनाउने छ ।

स्मरण रहोस डूरान कप फुटबल मणिपुरमा पहिलो पटक आयोजना भएको हो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...