Thursday 10th September 2026

मणिपुरले मनायो सद्भावना दिवस


डा. हरिमोहन पोख्रैल, कोहिमा /भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जन्मजयन्तीको अवसरमा मणिपुर राज्य सरकारले आज सद्भावना दिवसको रूपमा मनाएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेनले पूर्व प्रधानमन्त्री राजीव गान्धी द्वारा राजनीतिक र वैज्ञानिक स्तरमा गरेको योगदान बारे विस्तारमा बताए ।
एउटा सानो समारोहमा उनले भने कि राजीव गान्धीको योगदानलाई देशले कदापि भुल्न सक्दैन ।

यसै अवसरमा राज्यका सिविल तथा सरकारी निकायका अधिकारीहरूले शपथ ग्रहण गरे जसलाई गान्धीले आफ्नो जीवन र जगतबारे सामान्य मान्छेलाई एउटा राहत देखाउने प्रयास गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...