Monday 12th October 2026

मणिपुरको आर्थिक नाकेबंदी चाडै खोलिने


डा. हरिमोहन पोखरेल,कोहिमा /गतः केही दिन अगाडिबाट मणिपुरमा चली रहेको आर्थिक नाकेबंदी चाडै नै समाप्त हुने कुरा राज्यका मुख्यमन्त्री एन बिरेनले बताएका छन।

अल मणिपुर ट्राइवेलस स्टूडेंट्स युनियन(अटसुम)ले आफ्ना केही माॅगहरू सरकार सामु राखेर राष्ट्रिय राजमार्ग -2 मा आर्थिक नाकेबंदी गर्दै आएको थियो ।

मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार आज अटसुम र सरकार माझ एउटा सम्झौता भएको र अब चाँडै नै नाकेबंदी खोलिने कुरा भएको छ ।

स्मरण रहोस आर्थिक नाकेबंदीको कारण मणिपुरमा सामानको दाम आकाश छोएको छ भने केही स्थानहरूमा छिटफुट घटना पनि भएको खबर छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

प्रतिकृयाहरू
...