Tuesday 13th October 2026

नागलेंडमा मुख्यमन्त्रीले खेलाडीहरूलाई गरे सम्मान


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले हिजो चौहनवौ एशियन बडि बिल्डिंग फेडरेशनफेडरेशनका स्वर्ण पदक विजेता शिलिमला जेजेलाई सम्मान गरेका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार अनुसार शिलिमला जेजेले हालैमा एशियन बोडी बिल्डिंग एसोसिएसनको प्रतियोगितामा स्वर्ण पदक जितेर मणिपुरको नाम रौशन गरेकी छन ।

यसैगरी मणिपुर माउन्टेयरिङ एसोसिएशन द्वारा आयोजित प्रतियोगितामा मणिपुरका जेजो कैशामले पनि स्वर्णपदक प्राप्त गरेर मणिपुर राज्यको नाम रौशन गरेकोमा सम्मान गरेका छन ।

मुख्यमन्त्री सचिवालयमा आयोजित साधारण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने कि खेलको क्षेत्रमा विश्वकै पावरहाउस मानिने मणिपुरको प्रस्तुति देखेर खुशी लाग्छ ।भविष्यमा हाम्रो खेलाडीहरूले अझै राम्रो प्रस्तुति दिनेछन भन्ने आशा र विश्वास राख्न सकिन्छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...