Tuesday 13th October 2026

मणिपुर सरकार, नोने जिल्ला प्रशासन एवं एनएफआर बीच समझौता


डा. हरिमोहन पोखरेल, कोहिमा /गतः महिना मणिपुरको नोने जिल्ला अन्तर्गत माकुम गाउँमा भएको विनाशकारी प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूको खोजी तलाशी अझै सम्म जारी रहेको बीचमा मणिपुर सरकार, माकुम भिलेज अथॉरिटी ,जिल्ला प्रशासनको सामुन्ने नोर्थ ईस्ट फ्रंटियर रेलवे संग सम्झौता भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार एनएफआरले विनाशकारी प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूका परिवार र नातेदारलाई प्रति व्यक्तिको हिसाबले नौकरी दिने छ भने साना बालबालिकाहरू भए देखि पढाइको जम्मै खर्च समेत उठाउने छ ।

सम्झौता पत्रमा हस्ताक्षर गरे पश्चात मुख्यमन्त्रीले मीडियालाई संबोधन गर्दै भने कि यस भयंकर त्रासदीमा अझै सम्म सहयोग दिने सबैनै धन्यवादका पात्र हुन ।
उनले अगाडि थपे कि अगाडि फेरि पनि रेलवेले आफ्नो काम जारी राख्ने छ भने संबंधित भिलेज अथॉरिटीले पनि सक्दो सहयोग गर्ने छ ।
उनले अगाडि भने कि रेलवेले संबंधित सबैलाई आफ्नो तर्फबाट सहयोग गर्दै अन्त्येष्टिको खर्च समेत बेहोर्नेछ ।

स्मरण रहोस् गतः महिना नै मणिपुरको नोने जिल्लामा गएको पहिरोमा धेरैको ज्यान गएको थियो ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...