Tuesday 15th July 2025

मणिपुरमा गयो ठूलो पहिरो, धेरै धनजनको क्षति


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको नुने जिल्ला अंतर्गत तुपुलमा आज गएको ठूलो पहिरोमा व्यापक रूपमा छति भएको र जानमालको समेत नोक्सानी भएको समाचार प्राप्त भएको छ ।

अहिले सम्म प्राप्त समाचार अनुसार नुनेमा रहेको सैन्य ब्यारेकमा गएको पहिरोले लगभग पचपन्न सैनिकहरू माटोमा दबिएको र छहवटा मात्र शव फेला परेको समाचारले पुष्टि गरेको छ ।
उक्त घटना भएको केही क्षण मै राज्यका मुख्यमन्त्री एन बिरेनले घटनास्थलको भ्रमण गर्नुको साथै युद्ध स्तरमा राहत र सुरक्षाको लागि एनडीआरएफ र एसडीआरएफका पर्सनलहरू घटना स्थलमा पठाएको र अहिले सम्म युद्धस्तरमा खोजी तलालीको काम जारी रहेको कुरा सूत्रबाट स्पष्ट भएको छ ।

समाचारले अगाडि जनाएको छ कि यस तत्कालीन राहतका लागि मुख्यमन्त्री एन बिरेनले आपत्कालीन बैठक डाकेर घटनाको समीक्षा गरेको र राहतको लागि जारी रहेको कुरा पनि थाहा पाइएको छ ।

अहिलेसम्म नुनेमा के कति हानी नोक्सानी भयो त्यसको अंदाजा लगाउन नसके पनि यसपटकको प्राकृतिक प्रकोपले दिएको पाठ भने कम होइन ।यो रिपोर्ट लेखुंजेल सम्म अन्य केही नौलो जानकारी र घोषणा भएको खबर छैन ।
—-
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

तितोपाटी - सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ।सोमबार बिहान साढे २…

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

प्रतिकृयाहरू
...