Saturday 31st October 2026

मणिपुरमा मुख्यमंत्रीले गरे खेलाडीहरूलाई सम्मान


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले हिजो अन्तर्राष्ट्रिय स्तरमा उच्च खेल प्रस्तुत गरेर राज्य र राष्ट्रिय स्तरमा नाम रौशन गर्ने खेलाडीहरूलाई सम्मान गरेका छन् ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार हिजो एक समारोहबिच मिक्स मार्सल आर्टमा राम्रो प्रस्तुति गर्दै विभिन्न पदक जित्नमा सफल हुने खेलाडीहरूलाई हौसला बढाए।
सम्मानित भएका खिलाड़ीहरूमा —
जो -जो राजकुमारी (स्टेरोवेट )
भेनी टीएच ( लाइटवेट )
लाइश्रम सुरबाला (बनटावेट )
खेलाडीहरूलाई संबोधन गर्दै मुख्यमन्त्रीले भने कि खेलको क्षेत्रमा विश्वकै पावरहाउस मानिने मणिपुरको प्रस्तुति कम छैन ।हाम्रा खेलाडीको मनोबल बढाउन सरकारले सक्दो प्रयास जारी राख्ने नै छ ।
उनले अगाडि थपे कि भविष्यमा अझै राम्रो प्रस्तुति विश्व सामु हुन सक्छ भने आशा र भरोसा राखे ।
स्मरण रहोस् मणिपुरले खेलको क्षेत्रमा विश्वमा एउटा अलग्गै इतिहास बनाएको छ ।जो सर्वविदित छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...