Tuesday 13th October 2026

असमका बाढी पीडितहरूलाई मणिपुरको सहयोग


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्य सरकारले असमको विभिन्न जग्गामा बाढबाट पीडित भएका मानिसहरूलाई सहायतार्थ एक करोड राशि बराबरको खाद्य सामाग्री पठाएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार अनुसार हिजो राज्यका मुख्यमन्त्री एन बिरेनले खाद्य सामाग्रीले भरिएको बसलाई झण्डा उठाएर प्रस्थान गराएका हुन् ।
राहत पठाउने क्रममा बोल्दै उनले भने आपतको घडीमा राहत पठाउनु नै साँचो अर्थमा मानवताको सेवा हो ।

उनले अगाडि थपे कि असम र मणिपुरको संबंध अति नै प्राचिन रहेको र यस्तो विकराल स्थितिमा मदत गर्न पाउनु पनि ठूलो कुरा हो । यसै अवसरमा मुख्यमन्त्रीले बीसजना एनडीआरएफ पर्सनलहरू पनि पठाए ।

स्मरण रहोस् असममा बाढीले गर्दा सयाैं मानिसहरूको ज्यान गएको छ भने हजाराैं मानिस घरबारबिहिन भएका छन् र लाखाैं हेक्टर जग्गाको बालीनाली नष्ट भएको छ ।
—
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...